ad ad

ग्लोबल


थाक्सिनकी ३७ वर्षीया छोरी थाइल्यान्डको प्रधानमन्त्री बन्दै

थाक्सिनकी ३७ वर्षीया छोरी थाइल्यान्डको प्रधानमन्त्री बन्दै

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १७:१०,

थाइल्यान्डमा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेतोङतार्न सिनावात्रा प्रधानमन्त्री बन्ने भएकी छन्। उनी ३७ वर्षकी छन्।

उनको फेउ थाइ पार्टीले प्रधानमन्त्रीको उम्मेदवारमा सिनावात्रालाई छनोट गरेको हो। यसअघि संवैधानिक अदालतले त्यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरिदिएको थियो।

‘हामीले पेतोङतार्न सिनावात्रालाई मनोनयन गर्ने निर्णय लिएका छौँ,’ सो पार्टीका महासचिव सोरावङ थिएन्थोङले ब्यांककमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने।

सांसदहरुले शुक्रबार नयाँ प्रधानमन्त्री चुन्नेछन्। फेउ थाइ पार्टी सत्तारुढ गठबन्धनको अगुवा हो। 

उनी थाक्सिनकी कान्छी छोरी हुन्। उनी पूर्वप्रधानमन्त्री यिनलक सिनावात्राकी भदैनी पनि हुन्।

थाइल्यान्डकै चुलालोङकर्ण युनिभर्सिटीबाट राजनीतिशास्त्र, समाजशास्त्र र मानवशास्त्र विषयमा स्नातक गरेकी उनले बेलायतको युनिभर्सिटी अफ सर्रीबाट इन्टरनेसनल होटल म्यानेजमेन्ट विषयमा स्नातकोत्तर गरेकी छन्।

राजनीतिकर्मीका अलावा उनी व्यवसायी पनि हुन्। एससी एसेट कर्पोरेसनको सबैभन्दा ठूलो सेयरहोल्डर रहेकी उनी थाइकम फाउन्डेसनकी एक निर्देशक पनि हुन्।

पिताका सुक्सावतसँग विवाह गरेकी उनका एक छोरी र एक छोरा छन्।

गतवर्ष पनि पार्टीबाट प्रधानमन्त्रीका तीन सम्भावित उम्मेदवारमध्ये एकमा उनको नाम थियो। 

बुधबार संवैधानिक अदालतले प्रधानमन्त्री श्रेत्था थाभिसिनले जेल परेका व्यक्तिलाई प्रधानमन्त्री बनाएर संविधान उल्लंघन गरेको भन्दै उनलाई पदच्युत गरिदिएको थियो।

उनी एक वर्ष पनि पदमा रहन पाएका थिएनन्।

थाइल्यान्डमा दुई दशकयता राजनीतिक स्थिरता कायम हुन सकेको छैन। कू, आन्दोलन र अदालतको आदेशमा बारम्बार सरकार ढल्ने गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .