एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन्।
इमरान खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन्।
उनले इमरान खानको अनुरोधमा ‘अक्सफोर्ड युनिभर्सिटी चान्सलर इलेक्सन २०२४’का लागि आवेदन फारम बुझाएको बताए।
— Sayed Z Bukhari (@sayedzbukhari) August 18, 2024As per Imran Khan’s instructions, his application form to Oxford University Chancellor Election 2024 has been submitted. We look forward to everyone’s support for a historic campaign.
यसैबीच अक्सफोर्ड विश्वविद्यालयले भने यसबारे केही बताएको छैन।
विश्वविद्यालयले अक्टोबरमा उम्मेदवारहरूको नाम घोषणा गर्न सक्छ। अक्टोबर २८ मा अनलाइन मतदान हुनेछ।
इमरान खानविरुद्ध व्यक्तिगत लाभका लागि गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोग छ।
तर खानले यसलाई राजनीतिक प्रतिशोध र षड्यन्त्रको संज्ञा दिएका छन्।
संयुक्त राष्ट्र संघको प्यानलले हालै इमरान खानको हिरासत स्वेच्छाचारी भएको बताएको थियो।
Shares
प्रतिक्रिया