ad ad

ग्लोबल


थाइल्यान्डमा स्कुल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु

थाइल्यान्डमा स्कुल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु

थाइल्यान्डमा आगलागी भएको बस।


नेपालखबर
असोज १५, २०८१ मंगलबार २०:५६, काठमाडौँ

थाइल्यान्डमा मंगलबार स्कुल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु भएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार बसमा ४४ जना सवार थिए, जसमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

बाँकी बालबालिकाको उद्धार प्रयास भइरहेको छ। आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन।

तर, बसको टायर फुटेका कारण आगलागी भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएका छन्।

रोयटर्सका अनुसार दुर्घटना मंगलबार दिउँसो १२.३० बजे बैंककको खु खोत क्षेत्रमा भएको हो। बस स्कुलबाट फर्कंदै थियो।

बसमा ३ देखि १५ वर्षसम्मका बालबालिका सवार थिए। उनीहरूसँगै ५ जना शिक्षक पनि थिए।

बसका चालक फरार रहेको र उनको खोजी भइरहेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .