ad ad

ग्लोबल


आफ्ना नागरिकलाई लेबनान छाड्न अस्ट्रेलियाको आग्रह

आफ्ना नागरिकलाई लेबनान छाड्न अस्ट्रेलियाको आग्रह

लेबनानको अवस्था


नेपालखबर
असोज १५, २०८१ मंगलबार १३:३३, क्यानबेरा

बढ्दो द्वन्द्व र अशान्तिका बीच बेरुत विमानस्थल बन्द हुन सक्ने चेतावनी दिँदै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकहरूलाई तुरुन्तै लेबनान छोड्न आह्वान गरेको छ।

सोमबार राति सामाजिक सञ्जालमा विज्ञप्ति सार्वजनिक गर्दै विदेश मामिलामन्त्री पेनी वोङले लेबनानमा रहेका अस्ट्रेलियालीलाई हवाई टिकट व्यवस्था गर्न विदेश मामिला तथा व्यापार विभाग (डीएफएटी) ले एयरलाइन्ससँग समन्वय गरिरहेको जानकारी दिएका हुन्।

पछिल्लो समय मध्यपूर्वमा चलिरहेको द्वन्द्वका बीच अस्ट्रेलियाली नागरिकहरूलाई लेबनान यात्रा नगर्न तथा पहिले नै लेबनानमा रहेका नागरिकहरूलाई त्यहाँबाट बाहिरिन सरकारले बारम्बार चेतावनी दिइरहेको छ।

लेबनानमा रहेका अस्ट्रेलियालीहरूलाई स्वदेश फर्कने अवसर लिन आग्रह जारी गर्दै  उचित मार्ग चयनका लागि केही समय धैर्य गर्न आग्रह गरेको छ। 

क्यानबेरामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री जिम चाल्मर्सले बढ्दो द्वन्द्वको मानवीय मूल्यका बारेमा सरकार गम्भीर रूपमा चिन्तित रहेको बताए। 

डीएफएटीद्वारा सञ्चालित सेवाले सन् २०२३ अक्टोबर देखि नै लेबनानका लागि यात्रा नगर्न सल्लाह दिइरहेको जनाइएको छ।

लेबनानका लागि शनिबार जारी गरिएको निर्देशनको पछिल्लो अपडेटले आतंकवादी आक्रमण कुनै पनि समय र स्थानमा हुन सक्ने चेतावनी दिएको छ।

यसैबीच अस्ट्रेलियाली नागरिक र लेबनानका स्थायी बासिन्दालाई डीएफएटीको संकट दर्ता पोर्टलमा दर्ता गर्न आग्रह गरिएको छ भने लेबनान नछाड्नेहरूका लागि आक्रमणको समयमा सुरक्षित आश्रयसहित पूर्वतयारीका साथ आक्रमणको सामना गर्न तयार हुन जानकारी दिइएको छ।

यसअघि अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले सेप्टेम्बरमा सरकारले कम्तीमा १५ हजार देखि ३० हजार अस्ट्रेलियालीहरू अझै पनि लेबनानमा रहेको अनुमान गरेको थियो।  रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .