ad ad

ग्लोबल


चीनको सांघाईमा छुरा प्रहारबाट ३ जनाको मृत्यु, १५ व्यक्ति घाइते

चीनको सांघाईमा छुरा प्रहारबाट ३ जनाको मृत्यु, १५ व्यक्ति घाइते

नेपालखबर
असोज १५, २०८१ मंगलबार १९:३६, काठमाडौँ

चीनको सांघाईस्थित वालमार्ट सुपरमार्केटमा सोमबार राति भएको छुरा प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

चिनियाँ प्रहरीले घटनास्थलबाट लिन नामका ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार सांघाई आएका ती व्यक्तिले व्यक्तिगत आर्थिक कारण रिसाएर त्यस्तो घटना गराएका हुन्। यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको छ।

बीबीसीका अनुसार यो घटना साङ्जाङस्थित एक सपिङ मलमा भएको हो।

छुरा प्रहारबाट गम्भीर घाइते भउका तीन जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बाँकी व्यक्तिलाई गम्भीर चोटपटक लागेको छैन र उनीहरू खतरामुक्त रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .