ad ad

ग्लोबल


विदेशमा कति छन् कोरोना प्रभावित नेपाली? तथ्यांक संकलन गर्दै एनआरएनए

विदेशमा कति छन् कोरोना प्रभावित नेपाली? तथ्यांक संकलन गर्दै एनआरएनए

नेपालखबर
चैत ९, २०७६ आइतबार ९:४३,

विदेशमा रहेका नेपाली कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भइरहेको अवस्थामा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले त्यसको वास्तविक तथ्यांक संकलन गर्ने भएको छ। एनआरएनएका १७५ भन्दा बढी देशमा राष्ट्रिय समन्वय परिषद (एनसीसी) ती सबैमा संयन्त्र बनाई कोरोना प्रभावित नेपालीको तथ्यांक संकलन गर्न लागिएको हो।

एनआरएनए अध्यक्ष कुमार पन्तको अध्यक्षतामा अन्तर्राष्ट्रिय समन्वय परिषद ९आइसीसी० र सम्पूर्ण मुलुकहरुमा रहेका राष्ट्रिय समन्वय परिषद ९एनसीसी० को संयुक्त बैठकले हरेक देशमा एक(एक जना संयोजक तोकेर यसमा काम गर्ने तयारी गरिएको हो।

संघका महासचिव डा।हेम राज शर्माका अनुसार कोरोना प्रभावित देशहरुमा परिस्थितिमा सहजीकरण तथा समन्वय गर्न हरेक राष्ट्रिय समितिमा एक जना ‘कोअर्डिनेटर’ तोक्ने निर्णय गरिएको छ। बैठकले नेपाल सरकारले विभिन्न देशमा रहेका वैदेशिक नियोग तथा दूतावासहरुसँग सहकार्य गरी समस्या समाधानमा हातेमालो गर्ने राष्ट्रिय समितिलाई निर्देशन दिने निर्णय गरेको छ।

बैठकले कोर्डिनेटरमार्फत सम्बन्धित देशमा उत्पन्न सामाजिक, आर्थिक र आम नेपाली समुदायको स्वास्थ्य अवस्थाको बस्तुगत मूल्याङ्कन गरी आइसिसी अन्तर्गत रहेको उच्च स्तरीय ‘हेल्थ कमिटी’ लाई जानकारी गराउने निर्णय गरेको छ।

बैठकले कोरोना भाइरसको प्रकोपले गर्दा विभिन्न देशहरुले तत्काललाई आवगमन तथा भिसामा भएको समस्याको साधान गर्न सम्बन्धित देशका नियोगहरुसँग समन्वय गरी राष्ट्रिय समितिमार्फत प्रभावित नेपालीहरुलाई सहयोग तथा राहत उपलब्ध गराउन समेत निर्देशन दिएको छ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्च स्तरीय ’हेल्थ कमिटी’ले कोरोना भाइरसले उत्पन्न सामाजिक, आर्थिक र स्वास्थ्य स्थितिको असर तथा प्रभावबारे अध्ययन गर्न हरेक राष्ट्रिय समितिसँग मिलेर रणनीतिक कार्ययोजना तयार गर्ने निर्णय भएको छ।

संघले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्ने निर्णय समेत गरेको छ।

यो पनि:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .