ad ad

ग्लोबल


एनआरएनएले पठाएका स्वास्थ्य सामग्री आइपुगे काठमाडौं

एनआरएनएले पठाएका स्वास्थ्य सामग्री आइपुगे काठमाडौं

नेपालखबर
चैत २८, २०७६ शुक्रबार १२:१६,

कोरोना भाइरस (कोभिड—१९) महामारी नियन्त्रणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई सहयोगस्वरुप प्रदान गरेका स्वास्थ्य सामग्रीको पहिलो खेप शुक्रबार काठमाडौं आइपुगेको छ।

एनआरएनए कोरियाले सोलमा खरिद गरेका ४ हजार थान टेस्ट किट  र ५०० पीपीइ  शुक्रबार कोरियन एयरको उडानबाट काठमाडौं आइपुगेका हुन्।

‘कोरियन एयरको उडान न‌ं. केइ ९६९५ केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक राजकुमार क्षेत्रीले नेपालखबरसँग भने, ‘स्वास्थ्य सामग्री मात्र लिएर आएको सो उडानले फर्किंदा यात्रु लिएर जानेछ।’

एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार  ४ हजार थान टेस्ट किटले ४० हजारको कोरोना परीक्षण गर्न सकिनेछ। ‘एउटा टेस्ट किटले १० जनाको परीक्षण गर्न सक्छ। १ हजार किटबाट ४० हजारको परीक्षण गर्न सम्भव हुनेछ’, अध्यक्ष पन्तले नेपालखबरसँग भने, ‘यो किटले ३ घन्टामा नतिजा दिनेछ।’

nrna health kitशुक्रबार काठमाडौं आइपुगेका एनआरएनए सहयोगका स्वास्थ्य सामग्री

चीनमा खरिद गरिएका सामग्री आइपुग्दै
एनाआरएनएले चीनमा खरिद गरेका थप स्वास्थ्य सामग्री आगामी सोमबार काठमाडौं आइपुग्नेछन्। अध्यक्ष पन्तका अनुसार चीनको ग्वान्जाओमा ५५० वटा आईआर थर्मोमिटर, २ हजार वटा पीपीई सेट, १ हजार ७४० केएन—९५ मास्क ४ हजार ७०० डिस्पोजेल मास्क तथा ४० हजार पञ्जा काठमाडौं पठाउन तयार पारिएको छ।

यी स्वास्थ्य सामग्री नेपाल एयरलाइन्सको उडानबाट ल्याइनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको विमान चैत ३१ मा ग्वान्जाओ जानेछ।

‘स्वास्थ्य सामग्री खरिद एवं नेपाल पठाउन एनआरएनए कोरिया, चीन र मकाउका साथीहरु खट्नु भयो। त्यहाँस्थित दूतावासको सहयोग महत्वपूर्ण रह्यो। अब छिटै सबै सामग्री नेपाल पुग्ननेछ। उहाँहरु  सबैप्रति म आभार प्रकट गर्दछु’, अध्यक्ष पन्तले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .