ad ad

ग्लोबल


विदेशमा रहेका नेपालीको हारगुहारः स्वदेश फर्किन पाऊँ

विदेशमा रहेका नेपालीको हारगुहारः स्वदेश फर्किन पाऊँ

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ८:२७,

कोरोना भाइरसको महामारीका कारण विदेशमा रहेका धेरैजसो नेपालीले स्वदेश फर्काइदिन हारगुहार गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरेको हेल्पलाइन नम्बरमा फोन गरी विदेशमा रहेका ७७ प्रतिशत नेपालीले आफूहरू स्वदेश फर्किन इच्छुक रहेको बताएका हुन्।

कोरोना महामारीका कारण विभिन्न देशमा समस्यामा परेका नेपालीको गुनासा सम्बोधन गर्न एनआरएनएले गत आइतबारदेखि २४सै घण्टा फोन गर्न सक्ने गरी हेल्पलाइन सञ्चालन गरिरहेको छ।

त्यही सेवाका नम्बरहरूमा फोन गरी उनीहरूले आफूहरूलाई नेपाल फर्काउने प्रबन्ध मिलाइदिन अनुरोध गरेका हुन्।

यस्तो अनुरोध गर्नेमा सबैभन्दा धेरै मध्यपूर्वका नेपाली रहेको एनआरएनएका महासचिव डा. हेमराज शर्माले बताएका छन्।

यस्तै ११ प्रतिशत नेपालीले भने विदेश जान आवश्यक प्रक्रिया पूरा गरिदिन आग्रह गरेका छन्।

विदेशमा रहेका आफ्ना सन्तानबारे नेपालमा रहेका अभिवाभक पनि धेरै चिन्तामा परेका छन्। त्यस्ता धेरै अभिभावले आफ्ना छोराछोरीलाई तत्काल नेपाल फर्काउने चाँजोपाँचो मिलाइदिन एनआएनएसँग अनुृरोध गरेका छन्।

भारत, यूएई, भारत, मलेसिया, साउदी अबर, दक्षिण कोरिया, मोजाम्की, फिनल्यान्ड, अमेरिका, यूकेलगायत देशमा बसोवास गर्ने गैरआवासीय नेपालीले हेल्पलाइनमा आफ्ना समस्या टिपाएको एनआरएनएले जनाएको छ।

एनआरएनएका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा कोभिड-१९ उच्चस्तरीय समिति गठन गरिएको छ। यसअन्तर्गतको स्वास्थ्य समितिले विभिन्न देशमा कोरोना भाइरसबाट प्रभावित नेपालीको तथ्यांक संकलन गरिरहेको छ। साथै स्वास्थ्य सामग्री नेपाल पठाउने, राहत संकलन तथा वितरण गर्ने गरिरहेको छ।

याे पनि : 

एनआरएनएको २४ घण्टे हेल्पलाइन सञ्चालनमा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .