ad ad

ग्लोबल


कोरोनाबाट कुवेतमा ३१ नेपाली संक्रमित

कोरोनाबाट कुवेतमा ३१ नेपाली संक्रमित

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार १०:१३,

नेपालीको रोजगार गन्तव्य कुवेतमा कोरोना भाइरस (कोभिड—१९) बाट संक्रमित हुने नेपालीको संख्या ३१ पुगेको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार बुधबार र बिहीबार दुई दिनमा ७ जना थप भएसँगै संक्रमित नेपालीको संख्या ३१ पुगेको हो।

खाडी मुलुकमा संक्रमित हुने नेपालीमध्ये यो दोस्रो ठूलो संख्या हो। बहराइनमा ४९ नेपाली संक्रमित छन्।

नेपाली दूतावास कुवेतकी द्वितिय सचिव जानकी ओझाका अनुसार संक्रमणमा परेका नेपालीले कुवेती नागरिक सरह उपचार पाइरहेका छन्। ‘उपचारका लागि उनीहरुलाई फरक व्यवहार गरिएको छैन’, उनले नेपालखबरसँग टेलिफोनमा भनिन्, ‘कुवेती नागरिक सरह नेपालीको पनि उपचार भइरहेको छ। केहीको अवस्था सुधार भइरहेको छ।’ बुधबार ५ नेपालीमा संक्रमण देखिएको थियो। बिहीबार २ जना थपिएका हुन्।

कुवेतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोनाका कारण त्यहाँ १४ जनाले ज्यान गुमाएका छन्।

बिहीबारसम्म कूल संक्रमित हुनेको संख्या २ जार ३९९ पुगेको छ। ती मध्ये २२ जनाको अवस्था चिन्ताजनक रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ। बिहीबार मन्त्रालयद्वारा जारी कोरोना अपडेटअनुसार स्थिति गम्भीर भएका २२ जनाको आइसियुमा उपचार भइरहेको छ। कुवेतमा संक्रमित भएकामध्ये ४९८ जना निको भएका छन्।

kwuait updateकुवेती स्वास्थ्य मन्त्रालयको बिहीबारको अपडेटले भन्छ, २ नेपाली संक्रमित थपिए।

सबै नेपालीको काम ठप्प छैन
नेपाली दूतावासकी द्वितिय सचिव जानकी ओझाका अनुसार कुवेतमा सबै नेपाली कामबिहीन भएका छैनन्। नेपाली फरक-फरक काममा संलग्न रहेकाले सबैको अवस्था एउटै छैन। ‘सबैको काम ठप्प भएको भन्ने हल्ला साँचो होइन’, ओझाले नेपालखबरसँग भनिन्, ‘कम्पनीको काम बन्द भएका कतिपयलाई कुवेत सरकारले पनि सहयोग गरिरहेको छ।’

कुवेत सरकारले नेपाली कामदार रहेको माबुल्ला र जलिबसहितका क्षेत्रलाई 'आइसुलेट' गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार त्यहाँ रहेका मानिसलाई बाहिर निस्किन दिइएको छैन। कोरोना सार्ने सक्ने सम्भावनाका कारण बाहिरका मानिसलाई ती क्षेत्रमा प्रवेश पनि निषेध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .