ad ad

ग्लोबल


साउदीमा १४ सहित कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको मृत्यु

साउदीमा १४ सहित कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको मृत्यु

नेपालखबर
असोज ११, २०७७ आइतबार ५:५६,

 कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप २१ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ।

गैरआवासीय नेपाली संघका अनुसार यो सातामात्रै साउदी अरेबियामा १४, कुवेतमा ५, यूएईमा १ र युगान्डामा १ जना गरी शनिबार साँझसम्म थप २१ जनाको मृत्यु भएको हो।

कोरोना संक्रमणका कारण अहिलेसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको ज्यान गइसकेको एनआरएनएले जनाएको छ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका छन्।

तीमध्ये ३५ हजार ७८ जना संक्रमण मुक्त भएका छन्। यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो।

समितिका संयोजक डा. संजीव सापकोटाका यो साता पोर्चुगल, बेलायत, साउदी अरेबिया, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .