ad ad

ग्लोबल


अमेरिकाको न्युयोर्कमा कार्यरत नेपाली डाक्टरको निधन

अमेरिकाको न्युयोर्कमा कार्यरत नेपाली डाक्टरको निधन

नेपालखबर
मंसिर १३, २०७७ शनिबार ५:२९,

अमेरिकामा कार्यरत एक नेपाली डाक्टरको निधन भएको छ।

न्युयोर्क रोचेस्टरस्थित रोचेस्टर जनरल अस्पतालमा कार्यरत ३३ वर्षीय डा. रोशन झाको शुक्रबार हृदयघातका कारण निधन भएको हो।

 धनुषाको देवपुरा, रुपेठा घर भएका डा. झा सन् २०१८ देखि उक्त अस्पतालमा कार्यरत रहेका थिए। उनी श्रीमती श्वेता ठाकुरसहित अमेरिका बस्दै आएका थिए। श्वेता पनि मेडिकलको विद्यार्थी भएको र उनी न्युयोर्कको बफेलोमा डेन्टल मेडिसिनमा अध्ययनरत रहेकी छन्।

शुक्रबार बिहान बिरामीको चेकजाँच गरेका उनलाई दिउँसो अचानक हृदयघात भएको र त्यसलगत्तै निधन भएको बताइएको छ। कोरोना महामारीमा डा. झाले अग्रपंक्तिमा रहेर बिरामीहरुको सेवा समेत गरेका थिए।

 रेजिडेन्ट कोर्सका लागि अमेरिका गएका डा. झाले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र एमडी गरेका थिए। उनले केही समय काठमाडौँका अल्का अस्पतालमा समेत काम गरेको बताइएको छ।

डा. झाको निधनप्रति मधेशी एसोसिएसन इन अमेरिकाले एक विज्ञप्ति निकालेर शोक व्यक्त गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .