पाकिस्तानका धार्मिक दलहरूले चुनावमा धाँधली भएको आरोप लगाउँदै विरोध प्रदर्शनको घोषणा गरेका छन्।
जमात-ए-इस्लामीले कराँचीका विभिन्न आठ भागमा प्रदर्शन गर्ने योजना बनाएको छ। जमातले ‘कराचीको जनादेशमा डकैती हुन नदिने’ भनेको छ।
यससँगै जमियत उलेमा-ए-इस्लामले पनि निर्वाचनमा अनियमितता भएको आरोप लगाउँदै सिन्धका २८ क्षेत्रमा धर्ना दिने र राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेको छ ।
पाकिस्तानको निर्वाचन आयोगले नेसनल एसेम्बलीका २६५ सिटमध्ये २५७ सिटको नतिजा घोषणा गरेको छ तर बलुचिस्तानका सात सिटको नतिजा भने घोषणा गरेको छैन।
अहिलेसम्मको नतिजामा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) ले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले ९३ सिट प्राप्त गरेका छन्।
यसपछि मुस्लिम लिग–एनले ७४ सिट, पिपुल्स पार्टीले ५४ सिट र एमक्यूएमले १७ सिट जितेका छन्।
यसबाहेक पाकिस्तान मुस्लिम लिग र जमियत उलेमा-ए-इस्लामले तीन/तीन सिट पाएका छन्।
Shares
प्रतिक्रिया