अमेरिकाको राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेकी निक्की हेलीले प्राइमरी चुनावमा पहिलो जित हासिल गरेकी छन्।
बीबीसीका अनुसार उनले रिपब्लिकन पार्टीका लागि वासिङटन डीसीमा राष्ट्रपतिको प्राइमरी निर्वाचन जितेकी हुन्।
आइतबारको उनको जितले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विजय सिलसिला रोकेको छ। यद्यपि, ट्रम्पले यसै हप्ता हुने मतदानमा धेरै प्रतिनिधिको समर्थन जुटाउन सक्छन्।
निक्की हेलीले यसअघि केही प्राइमरी हारेकी छन्। तर आफ्नो चुनावी दौड जारी रहने उनले बताएकी छन्।
उनले प्राइमरीबाट पछि हट्न अस्वीकार गरेका छन्, जहाँ उनी जितको बलियो सम्भावना देख्छिन्।
हेली गत हप्ता आफ्नो गृह राज्य साउथ क्यारोलिनामा हारेकी थिइन्।
हेली भन्छिन्- मतदातालाई ट्रम्पको विकल्प चाहिन्छ।
तर, अहिलेसम्मको चुनावी अभियानमा ट्रम्पको वर्चस्व रहेको देखिन्छ।
306
Shares
प्रतिक्रिया