भारतीय राज्य दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मदिरा नीति मामिलामा बिहीबार (मार्च २१) राति ईडीले सरकारी निवासबाटै पक्राउ गरेको छ।
पक्राउपछि ईडीले केजरीवाललाई आफ्नो कार्यालयमा लगेको थियो। आरएमएल अस्पतालबाट आएको चिकित्सकको टोलीले उनको स्वास्थ्य जाँच गरेको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार ईडीको टोलीले केजरीवालसँग फेरि सोधपुछ सुरु गरेको छ। ईडीले साक्षीहरूको बयानका आधारमा उनीसँग सोधपुछ गरिरहेको छ।
यसका लागि सूची तयार गरिएको छ। रिपोर्टका अनुसार उनले अनुसन्धानमा सहयोग गरिरहेका छैनन्।
यसैबीच आफ्ना नेता केजरीवालको गिरफ्तारीको विरोधमा आज आम आदमी पार्टीले प्रदर्शन गर्ने भएको छ।
आज केजरीवाललाई उच्च अदालतमा पेस गरिने भएको छ।
ईडीले केजरीवाललाई हिरासतमा लिने प्रयास गर्नेछ।
दिल्लीका मन्त्री आतिशीले केजरीवाल दिल्लीको मुख्यमन्त्री रहिरहने दाबी गरेका छन्। केजरीवालले हिरासतबाटै दिल्ली सरकार चलाउने उनको भनाइ छ।
केजरीवालको कानुनी टोलीले राति अबेरसम्म सर्वोच्च अदालतमा अपिल गर्यो र तुरुन्त सुनुवाइको माग गर्यो। तर, अदालतले यसलाई अस्वीकार गरिदियो।
Shares
प्रतिक्रिया