आफ्ना नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउको विरोधमा आम आदमी पार्टीले भारतमा विरोध प्रदर्शन गरेको छ।
मदिरा नीति प्रकरणमा बिहीबार साँझ प्रवर्तन निर्देशनालय (ईडी) ले नियन्त्रणमा लिएका केजरीवाललाई आज अदालत पेस गरिँदै छ।
यसैबीच उन पक्राउको विरोधमा प्रदर्शन गर्दा प्रहरीले दिल्लीको आईटीओबाट दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजलगायत आम आदमी पार्टीका नेता/कार्यकर्तालाई पक्राउ गरेको छ।
#WATCH | Aam Aadmi Party (AAP) workers detained by police as they protest against the arrest of Delhi CM & party's national convenor Arvind Kejriwal, at ITO in Delhi pic.twitter.com/mpqOgBvVdJ
— ANI (@ANI) March 22, 2024
केजरीवाललाई पक्राउ गर्न ईडीको टोली बिहीबार साँझ उनको घर पुगेको थियो। दुई घन्टा सोधपुछपछि राति ९ बजे उनलाई नियन्त्रणमा लिइएको थियो।
हाल खारेज गरिएको दिल्ली मदिरा नीति घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालयले उनलाई पक्राउ गरेको हो।
दिल्ली सरकारले १७ नोभेम्बर २०२१ मा मदिरा बिक्रीको सम्पूर्ण अधिकार निजी क्षेत्रलाई सुम्पिने गरी नयाँ नीति ल्याएको थियो। उक्त नीतिका कारण दिल्ली सरकारलाई २८ हजार करोड घाटा भएको प्रवर्तन निदेशालयको दाबी छ।
दिल्ली सरकारले गत वर्षको जुलाई ३१ मा सो नीति खारेज गरिसकेको छ।
Shares
प्रतिक्रिया