दिल्ली सरकारका मन्त्री तथा आम आदमी पार्टीका नेता आतिशीले हिरासतमा रहेका मुख्यमन्त्री अरविन्द केजरीवालको स्वास्थ्य जोखिममा परेको बताएका छन्। उनले केजरीवालको ४.५ किलो तौल घटिसकेको दाबी गरेका छन्।
आतिशीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अरविन्द केजरीवाललाई मधुमेह छ। स्वास्थ्यमा समस्या भए पनि उहाँ २४सै घण्टा देशको सेवामा लागिरहुनभएको थियो।’
‘पक्राउ परेपछि अरविन्द केजरीवालको तौल ४.५ किलोले घटेको छ। यो धेरै चिन्ताजनक छ। भाजपाले हिरासतमा राखेर उहाँको स्वास्थ्य जोखिममा पारेको छ’, उनले लेखेका छन्, ‘अरविन्द केजरीवाललाई केही भयो भने पूरा देश त के, भगवान्ले पनि माफ गर्नुहुन्न।’
अरविंद केजरीवाल एक severe diabetic हैं। स्वास्थ की समस्याओं के बावजूद, वे देश की सेवा में 24 घण्टे लगे रहते थे।
गिरफ़्तारी के बाद से अब तक, अरविंद केजरीवाल का वज़न 4.5 किलो घट गया है। यह बहुत चिंताजनक है। आज भाजपा उन्हें जेल में डाल कर उनके स्वास्थ को ख़तरे में डाल रही है।
अगर…— Atishi (@AtishiAAP) April 3, 2024
मुख्यमन्त्री केजरीवाल मदिरा नीतिसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन्।
उनको गिरफ्तारीलाई चुनौती दिने याचिकामा बुधबार उच्च अदालतमा सुनुवाइ हुँदै छ।
Shares
प्रतिक्रिया