ad ad

ग्लोबल


बिहारका पूर्व उपमुख्यमन्त्री सुशीलकुमार मोदीको निधन

बिहारका पूर्व उपमुख्यमन्त्री सुशीलकुमार मोदीको निधन

सुशील कुमार मोदी


नेपालखबर
जेठ १, २०८१ मंगलबार ६:५९, काठमाडौँ

बिहारका पूर्व उपमुख्यमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता सुशील कुमार मोदीको निधन भएको छ।

उनी ७२ वर्षका थिए र केही समयदेखि क्यान्सरसँग लडिरहेका थिए।

बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले एक्समा पोस्ट गर्दै उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

लोकसभा चुनावको घोषणापछि सुशील मोदीले एक्समा लेखेका थिए, ‘म विगत ६ महिनादेखि क्यान्सरसँग लडिरहेको छु । अब मलाई लाग्छ कि यस बारे मानिसहरूलाई बताउनुपर्छ। म लोकसभा चुनावमा धेरै गर्न सक्दिनँ।’

सुशील कुमार मोदीको विद्यार्थी राजनीति सन् १९७१ मा सुरु भएको थियो। त्यतिबेला उनी पटना विश्वविद्यालय संघको ५ सदस्यीय मन्त्रिपरिषद्को सदस्यमा निर्वाचित भए। १९७३ मा उनी महासचिव निर्वाचित भए। 

तर जेपी आन्दोलनको प्रभावमा आएपछि उनले स्नातकोत्तरका लागि पटना विश्वविद्यालयमा भर्ना भएर पढाइ बीचमै छाडे। संकटकालमा १९ महिना जेल बसे। सन् १९७७ देखि १९८६ सम्म उनले अखिल भारतीय विद्यार्थी परिषद्‌मा महत्त्वपूर्ण पदहरू सम्हालेका थिए।

१९९० मा सुशील कुमार मोदी पटना केन्द्रीय विधानसभा क्षेत्रबाट चुनाव लडे र विधानसभा पुगे। उनले सन् १९९५ र २००० को चुनाव पनि यही सिटबाट जितेका थिए। सन् २००४ मा उनले भागलपुर लोकसभा निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए।

१९९० मा उनले संसद् सदस्यताबाट राजीनामा दिए र विधान परिषद्‌मा  निर्वाचित भए। उनी उपमुख्यमन्त्री पनि भए। यस अवधिमा उनले पार्टीमा विभिन्न जिम्मेवारी सम्हालेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .