बेलायतमा सम्पन्न निर्वाचनमा लेबर पार्टी ठूलो जिततर्फ अघि बढेको छ। योसँगै वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी पराजयको संघारमा छ। बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किंदै छ।
लेबर पार्टीका नेता कियर स्टारमर बेलायतको नयाँ प्रधानमन्त्री बन्न सक्नेछन्। लेबर पार्टीले अहिलेसम्म ११ सिट जितिसकेको छ भने कन्जरभेटिभ पार्टीले एउटा मात्र सिट जितेको छ।
एक्जिट पोलका अनुसार लेबर पार्टीले ४१० सिट पाउने अनुमान छ। तर कन्जरभेटिभ पार्टीले जम्मा १३१ सिट पाउने देखिएको छ।
कियर स्टारमरले सामाजिक सञ्जालमा मतदाताहरूलाई धन्यवाद दिएका छन्। यसअघि सन् २०१० को आम चुनावमा कन्जरभेटिभ पार्टी विजयी भएको थियो भने डेभिड क्यामरुन प्रधानमन्त्री बनेका थिए।
249
Shares
प्रतिक्रिया