भारतीय राज्य पन्जाबको तरनतारनको एउटा गाउँमा एक महिलालाई कुटपिट गरी नांगै घुमाइएको घटना सार्वजनिक भएको छ।
यति मात्र होइन, ती महिलाको त्यस्तो अवस्थामा भिडिओ पनि खिचेर भाइरल बनाइएको बीबीसी हिन्दीले जनाएको छ।
उक्त घटनाको भिडिओ सार्वजनिक भएको छ, जसमा महिला नग्न अवस्थामा देखिएका छन्।
एक महिनाअघि आफ्नो छोराले छिमेकी युवतीलाई भगाएर बिहे गरेको रिसमा आफूलाई यस्तो दुर्व्यवहार गरिएको आरोप पीडित महिलाले लगाएकी छन्।
भाइरल भिडिओमा पीडित महिला क्यामेराबाट बच्न मानिसको पसलमा लुक्न खोजेको देखिन्छ। यो घटना मार्च ३१ मा भएको बताइएको छ।
पीडितका अनुसार युवतीकी आमा र अन्य दुई अपरिचित व्यक्ति आएर घरबाहिर निस्किनासाथ आफूलाई कुटपिट गर्नाका साथै लुगा च्यातेर पूरै नग्न बनाएर भिडिओ बनाएका हुन्।
उक्त घटनामा संलग्न एकै परिवारका तीन जना र दुई अपरिचित व्यक्तिविरुद्ध विभिन्न धारामा मुद्दा दर्ता गरिएको पन्जाब प्रहरीले जनाएको छ।
तरनतारनका एसएसपी अश्विनी कपुरले पत्रकारहरूलाई बताएअनुसार पीडित महिलाका छोरा छिमेकी युवतीसँग प्रेममा परे र अदालतमा गएर बिहे गरे। केटीको परिवार यो विवाहको विरुद्धमा थियो। अनि युवतीकी आमा आफ्ना दुई छोरा र अन्य दुई पुरुषसहित केटाको घरमा गइन्। त्यहाँ चर्काचर्की भयो । दुई पक्षबीच झगडा भयो र झडप हुँदा केटाकी आमाको लुगा च्यातियो।
एसएसपी कपुरले भने, ‘घटनाका मुख्य अभियुक्त र केटीका दाइ गुरशरणले महिलाको भिडिओ बनाएका थिए। उनले आपसी मेलमिलापको आशामा जाहेरी दिनुअघि केही दिन पर्खेर बसेका थिए। तर एफआईआर दर्ता हुनेबित्तिकै अभियुक्तले भिडिओ सामाजिक सञ्जालमा राखे आरोपितको खोजी गर्न प्रहरी टोली गठन गरियो र एउटा टोली सफल भयो। आरोपित अमृतसर बस स्ट्यान्डमा थिए र पन्जाबाट बाहिर भाग्ने योजनामा थिए।’
#WATCH | Punjab: A woman was allegedly molested and paraded in the streets of Tarn Taran half-naked. Three accused in the case have been arrested.
— ANI (@ANI) April 6, 2024
SSP Tarn Taran Ashwani Kapoor says, "... The victim woman's son fell in love with a girl and married her in court. The girl's family… pic.twitter.com/szzywiraAG
Shares
प्रतिक्रिया