दिल्ली–एनसीआरमा भारी वर्षा सुरु भएको छ। यो सिजनको पहिलो मनसुन वर्षाका रूपमा लिइएको छ।
ट्रान्स हिन्डनसँगै पूर्वी दिल्ली, नोएडालगायत आसपासका धेरै क्षेत्रमा भारी वर्षा भइरहेको छ।
आकाशमा कालो बादल छ र तीव्र गतिमा हावा चलिरहेको छ।
भारतीय मौसम विभागले आजदेखि शनिबारसम्म पहेँलो र आइतबारका लागि सुन्तला रङको चेतावनी जारी गरेको छ।
यस्तो अवस्थामा साताको अन्त्यमा वर्षाले तापक्रम ४ डिग्री सेल्सियससम्म घट्न सक्छ।
जसका कारण अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस पुग्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
वर्षाको भिडिओ-
#WATCH | Parts of Delhi receive heavy rainfall, bringing respite from heat.
— ANI (@ANI) June 27, 2024
Visuals from RK Puram area. pic.twitter.com/2fkDECCtmP
177
Shares
प्रतिक्रिया