ad ad

कर्णाली


युवतीमाथि प्रहार गरेको एसिड युवकको शरीरमा पर्दा घाइते

युवतीमाथि प्रहार गरेको एसिड युवकको शरीरमा पर्दा घाइते

नेपालखबर
साउन ५, २०८० शुक्रबार २०:३६, सुर्खेत

वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल नजिक किशोरीलाई प्रहार गरेको एसिड अर्को व्यक्तिको शरीरमा पर्दा घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार साँझ सो घटना भएको हो।

वीरेन्द्रनगर नगरपालिका–१४ मैकलबजारबाट बराहताल गाउँपालिका–१० भेरीखर्क हुँदै वीरेन्द्रनगरतर्फ आउँदै गर्दा बराहताल गाउँपालिका–१० बस्ने अन्दाजी वर्ष १७ की सोबिता बुढालाई एसिड प्रहारको प्रयास भएको प्रहरीले जनाएको छ।

युवतीलाई प्रहार गर्दा उनको शरीरमा नलागेर युवतीसँगै रहेका बराहताल गाउँपालिका–१० बस्ने २२ वर्षीय नेत्रबहादुर शाहीको बायाँ हातमा एसिड लागेको थियो। शाही घाइते भएका छन्।

एसिड प्रहार गर्ने सुर्खेत वीरेन्द्रनगर–१४ बस्ने अन्दाजी वर्ष १६ का आशिष सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक परशुराम चौधरीले जानकारी दिए।

सोही ठाउँ बस्ने वर्ष ३० का सन्तोष सुनार र वर्ष २२ का कबिराम विष्ट फरार रहेको प्रहरी निरीक्षक चौधरीले बताए।

फरार व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। ती युवाले युवतीलाई किन एसिड प्रहार गर्न खोजेका हुन् भन्ने विषय अहिले खुलेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .