नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। प्रदेश अधिवेशन निर्वाचन कमिटीको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
उक्त तालिका अनुसार मतदाता नामावली प्रकाशन शुक्रबार दिउँसो साढे ३ बजे, मतदाता नामावलीउपर दावी विरोध÷सुधार दिउँसो साढे ३ बजेदेखि साढे ४ बजेसम्म, मतदाता नामावली उपर परेको दाबी विरोध र सुधारको सूचना प्रकाशन साढे ४ बजेभित्र र दाबी विरोध उपर छानबिन र निर्णय दिउँसो ५ बजे भित्र गर्ने तालिका रहेको छ।
यस्तै, अन्तिम नामावली प्रकाशन साढे ५ बजे, उम्मेदवारको दरखास्त फारम वितरण साढे ५ बजेदेखि साँझ साढे ७ बजेसम्म, उम्मेरदवारको नामावली प्रकाशन, ७ः३० देखि ८ः४५ सम्म उम्मेरदवारमाथि उजुरी गर्ने, ९ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन ९ बजे गर्ने निर्वाचन कमिटीले जनाएको छ।
यस्तै, राति ९ः १५ देखि ९ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरी छानबिन तथा निर्णय राति १०ः४५ बजेदेखि ११ः१५ सम्म, उम्मेदवारको नाम फिर्ता राति साढे ११ बजेदेखि शनिबार (असोज १३) गते बिहान ८ बजेसम्म हुने छ।
उम्मेरदवारको अन्तिम नामावली प्रकाशन शनिबार बिहान साढे ८ बजे, दिउँसो साढे १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदान गर्ने तालिका प्रकाशन भएको छ।
प्रदेश अधिवेशन निर्वाचन कमिटीका अनुसार प्रदेश पदाधिकारीका लागि पाँच सय रुपैयाँ र प्रदेश कमिटी सदस्यका लागि तीन सय रुपैयाँ उम्मेदवार शुल्क तोकिएको छ।
Shares
प्रतिक्रिया