ad ad

कोशी


कोशी प्रदेश मन्त्रिपरिषद् बैठक–वार्षिक नीति तथा कार्यक्रम स्वीकृत

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक–वार्षिक नीति तथा कार्यक्रम स्वीकृत

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८० मंगलबार २१:४१, काठमाडौँ

कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ वार्षिक नीति कार्यक्रम छलफलका लागि स्वीकृति गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज साँझ बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए।
    
यस्तै बैठकले प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रदेश सरकारको वार्षिक नीति कार्यक्रम प्रदेशसभाको चालु अधिवेशन यही जेठ ३१ गते दिनको १ बजे सम्बोधन गरी प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
    

प्रदेश प्रमुखको प्रदेशसभामा हुने नीति तथा कार्यक्रम सम्बोधनको आवश्यक सम्पूर्ण व्यवस्था मिलाउनका लागि  प्रदेशसभालाई अनुरोध गर्ने निर्णय भएको प्रवक्ता सिटौलाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .