आधा घन्टाका लागि स्थगित भएको कोशी प्रदेशसभा बैठक अझै सुरू हुन सकेको छैन। प्रदेशसभाका बहुमत सदस्य भएका दलहरूले विश्वासको मत नदिने घोषणा गरेसँगै प्रदेशसभा बैठक पनि अनिश्चित भएको हो।
मुख्यमन्त्री हिक्मत कार्की प्रदेशसभा बैठकबाट बाहिरिसकेका छन्। मुख्यमन्त्री कार्की बाहिरिएपछि आधा घन्टाका लागि स्थगित भनिएको प्रदेशसभा बैठक अझै सुरू हुन सकेको छैन।
मुख्यमन्त्री कार्कीले प्रदेश सभामा राखेको विश्वासको प्रस्ताव माथिको छलफल सकिएपछि सभामुख बाबुराम गौतमले आधा घन्टाका लागि बैठक स्थगित गरेका थिए।
बैठक करिब ५ बजे स्थगित भएको थियो।
81
Shares
प्रतिक्रिया