ad ad

कोशी


गठबन्धनलाई धोका दिने कार्कीलाई विश्वासको मत दिन नहुने हो : राजेन्द्र राई

गठबन्धनलाई धोका दिने कार्कीलाई विश्वासको मत दिन नहुने हो : राजेन्द्र राई

नेपालखबर
कात्तिक १, २०८० बुधबार १४:७, काठमाडौँ

कोशी प्रदेशसभामा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनलाई धोका दिने मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत दिन नहुने काम गरेको टिप्पणी गरेका छन्। 

बुधबार कोशी प्रदेशसभ बैठकमा बोल्दै उनले सिद्धान्ततः मध्यवाधि जोगाउन मत दिनुपरेको उनले बताए। 

‘गठबन्धनकै मुख्यमन्त्री बनाउने हो, उहाँले भोलि त्यही भूमिका खेल्नुहुन्छ भन्ने शंकाको सुविधा दिँदै गठबनधनको मुख्यमन्त्रीका रुपमा काम गर्नुहुन्छ भन्ने विश्वासका साथ मत दिनुपरेको हो’, उनले भने। 

‘कुनै पनि सत्तापक्षले विपक्षमा रहेको सांसद कहीँ पनि समेट्दैन। बहुमतको सरकार चल्न दिइएन। ४७ सांसद बोकेको उद्धव थापालाई संविधानविरोधी करार गराइयो। केदार कार्की मुख्यमन्त्री रहेको नयाँ सरकारलाई सिद्धान्ततः यो सरकारलाई विश्वासको मत दिनु हुँदैन। अर्कै मुख्यमन्त्री बनाउन दाबी पेस गरेको हो, त्यसकारण दिनु नहुने हो। उहाँले सिर्जना गरेको गठबन्धन अस्वाभाविक छ। कांग्रेसबाट विद्रोह गरेका ८ जनाले एमालेको मुख्यमन्त्री हुँदा किन विश्वासको मत दिएनन्? त्यसकारण यो स्वाभाविक गठबन्धन होइन।’

उनले यो जनादेशको विपरीत गरिएको गठबन्धन भएको टिप्पणी गरे। 

‘यो गठबन्धनलाई धोका दिइएको हो। गठबन्धनबाहेक अर्को गठबन्धनमा जान मिल्छ कि मिल्दैन?  कांग्रेसले ठूलो छौँ भन्नुहोला, हरेक कांग्रेसको जितमा समाजवादी, माओवादी गठबन्धनको मत जोडिएर उहाँहरु यहाँ आउनुभएको छ। बाहिर जाने कुरा स्वाभाविक मान्न सकिँदैन’, उनले भने।  

यसमा बाजी मारेको भूल नगरौँ, कसैले प्रशंसा नगर्दा हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .