ad ad

कोशी


सुनसरीमा प्रहरी जवानले आफैँलाई हाने गोली

सुनसरीमा प्रहरी जवानले आफैँलाई  हाने गोली

रासस
कात्तिक ८, २०८० बुधबार १३:३९, इनरुवा

सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले आफूलाई आफैँले गोली हान्दा मृत्यु भएको छ। 

मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो।

घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको  छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .