नेकपा एमालेले कोशी प्रदेशमा समाप्त भइसकेको कोर्स पुनः ब्युँतिएको बताएको छ। नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नयाँ सरकार गठनसँगै ट्र्याकमा आएको राजनीत पुनः गिजोलिएको बताएका हुन्।
‘कोशीमा समाप्त भएको कोर्स पुनः ब्युँत्याउन खोजियो,’ भण्डारीले नेपालखबरसँग भने, ‘यसबारे हामी सोमबार बिहान बैठक बसेर निर्णय गर्छौं।’
उनले त्यसअघि केन्द्र र प्रदेशमा परामर्श र नेताहरूसँग छलफल गर्ने पनि बताए। ‘मुख्यमन्त्रीज्युले हामीले राखेको अडान विपरित नयाँ निर्णय गर्नुभएको सुनेका छौं,’ उनले भने, ‘यसबारे विस्तृत बुझ्छौं। र सोमबार साढे १० बजे बैठक बसेर निर्णय लिन्छौं।’
कोशीका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन्।
सत्ता गठबन्धनको शुक्रबार बसेको बैठकले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो।
जस अनुसार माओवादी केन्द्रबाट कोशी प्रदेश सचिव समेत रहेका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमल प्रसाद जबेगु मन्त्री बनेका छन्।
उनीहरूको मन्त्रालय भने टुंगो लागेको छ। अहिले शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरू उपस्थित भएका छन्।
Shares
प्रतिक्रिया