ad ad

कोशी


संखुवासभाका गर्भवती र सुत्केरी २ महिलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ

संखुवासभाका गर्भवती र सुत्केरी २ महिलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ

नेपालखबर
माघ १९, २०८० शुक्रबार ८:१९, किमाथाङ्का (सङ्खुवासभा)

संखुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो। 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवैजनाको उद्धार गरिएको हो।

पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया बिना मगर र खाँदबारी नगरपालिका–११ खर्तुवाकी गर्भवती सपना राईलाई हेलिकप्टरमा हालेर काठमाडौँ लगिएको छ। सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकप्टरमा निःशुल्क उद्धार गर्ने गरेको छ।

गर्भवती राईको गर्भमै शिशुको मृत्यु भएको थियो। अत्यधिक रक्तस्राव भएपछि उनलाई थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत विकास आर्चायले जानकारी दिए। 

त्यसैगरी, सुत्केरी मगर र उनको शिशुको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि काठमाडाैँ लगिएको हो।

जिल्लामा हालसम्म १९ भन्दा बढी सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .