गुल्मीको रेसुङ्गा नगरपालिका राङबासमा सामान छाडेर तम्घास फर्कंदै गरेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
आज बिहान लु१ख १८६६ नम्बरको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय (गुल्मी) का सूचना अधिकारी माधव खरेलका अनुसार ट्रक सडकबाट करिब २ सय मिटर तल खसेको थियो।
21
Shares
प्रतिक्रिया