ad ad

लुम्बिनी


अर्घाखाँचीमा सिरियल किलर भारतीय दम्पती पक्राउ

गुल्मी र कपिलवस्तुमा पनि महिलाको हत्या गरेको खुलासा
अर्घाखाँचीमा सिरियल किलर भारतीय दम्पती पक्राउ

नेपालखबर
पुस २४, २०७९ आइतबार १९:३६, बुटवल

अर्घाखाँचीमा प्रहरीले सिरियल किलर भारतीय दम्पत्तीलाई पक्राउ गरेको छ। श्रृंखलाबद्ध रुपमा वृद्ध तथा एकल महिलाको हत्या गरि गरगहना तथा नगद लुट्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

हत्याको अभियोगमा भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुसान्त सिंह र उनकी श्रीमती अर्घाखाँची शितगंगा नगरपालिका १० सिद्धाराकी २२ वर्षीया शिवा परियारलाई पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी दिए।

यही पुष १७ गते अर्घाखाँचीको शितगंगा १० बहखोरकी ६० वर्षीया राधा थापाको हत्या गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ गरेपछि गुल्मी र कपिललवस्तुमा पनि सोही प्रकृतिको घटना घटाएको खुलेको हो।

गत कात्तिकमा उनीहरुले गुल्मीको इस्मा गाउँपालिका वडा नम्वर ५ की ७५ वर्षीया जीवकला थापा र असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्वर ४ की ७० वर्षीया योगमाया गैरेको हत्या गरेको डीएसपी रिजालले बताए।

गुल्मी र कपिलवस्तुमा घटना हुँदा कसले गर्यो भन्ने खुलेको थिएन। अर्घाखाँचीको सितगंगामा महिला मृत फेला परेपछि प्रहरीले अनुसन्धान गर्दा घटनास्थल शंकास्पद पाएको थियो।

‘को को हुन सक्छ भनेर सम्भावित क्लु निकाल्यौँ। संदिग्ध व्यक्तिको पहिचान भयो। भारतीय भएको खुल्यो। सबै खालको सुक्ष्म अनुसन्धान पछि पक्राउ गरेका हौँ। डीएसपी रिजालले भने।

सुशान्त भारतीय नागरिक भएपनि उनले ४ वर्ष अघि अर्घाखाँचीको सितगंगामा विवाह गरेका हुन्। ससुराली जाने आउने गरेका उनले एकल महिलालाई लक्षित गरि हत्या गर्ने र नगद लुट्ने गर्दथे।

उनीहरु दुवैजनालाई कर्तब्य ज्यानसम्बन्धी मुद्दा चलाइएको रिजालले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .