ad ad

लुम्बिनी


लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीसहित ९ मन्त्रीले शपथ खाँदै (सूची)

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीसहित ९ मन्त्रीले शपथ खाँदै (सूची)

मुख्यमन्त्री चेतनारायण आचार्य


नेपालखबर
साउन ९, २०८१ बुधबार ८:३०, काठमाडौँ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित ९ मन्त्रीले आज शपथ खाँदै छन्। 

मुख्यमन्त्री चेतनारायण आचार्य र अन्य ८ मन्त्रीले अबको केही बेरमा पद तथा गोपनीयताको शपथ खाने एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले नेपालखबरलाई जानकारी गराए।

यी हुन् मन्त्री-
-भुमेश्वर ढकाल

-दिनेश पन्थी 

-बादशाह कुर्मी

-धनेन्द्र कार्की 

-सरोज थापा

-प्रचण्डविक्रम न्यौपाने

-खेम बहादुर सारु

-सीता शर्मा

यिनमा बादशाह कुर्मी बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप लागेका व्यक्ति हुन्।

रुपन्देहीको बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण कार्यक्रम राखिएको छ। 

कसको कुन मन्त्रालय भन्ने विषयमा जानकारी प्राप्त हुन बाँकी छ। 

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदको समर्थनमा एमाले प्रदेश संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो।

प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१) बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .