ad ad

लुम्बिनी


बर्दघाट–सर्दी १३२ केभी प्रसारणलाइनको टावर ढल्यो, होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द

बर्दघाट–सर्दी १३२ केभी प्रसारणलाइनको टावर ढल्यो, होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द

नेपालखबर
असोज १५, २०८१ मंगलबार १३:२९, बुटवल

बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको हो। 

टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्सी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझ साढे ६ बजेबाट बन्द भएको छ।

होङ्सीमा १३२ केभी प्रसारण लाइनबाट सिधै विद्युत् आपूर्ति भइरहेको थियो। उद्योगले ३१ मेगावाटको विद्युत भार (लोड) स्वीकृति लिएको छ। त्यसमध्ये अहिले दैनिक रूपमा १० मेगावाट लोड लिइरहेको नेपाल विद्युत प्राधिकरण, कावासोती वितरण केन्द्रले जनाएको छ। उक्त उद्योगले मासिक रुपमा ७ देखि ८ करोड रुपैयाँ विद्युत् महसुल तिर्दै आएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्‍याउने घोषणाअनुसार होङ्सीलाई विद्युत् आपूर्तिका लागि बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको थियो। डबल सर्किटमध्ये एउटा सर्किट मात्र सञ्चालन (चार्ज)मा थियो। 

उद्योगलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिने तयारी भइरहेको प्राधिकरण बुटवल ग्रिड महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .