पर्सा प्रहरीले वीरगन्जबाट स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोस्ट घण्टाघरबाट खटिएको प्रहरीले बुधबार वीरगन्ज महानगरपालिका ८ घण्टाघरबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले वीरगन्ज १६ नगवाका ३४ वर्षीय विकासकुमार साह र वीरगन्ज १८ इनर्वाका १९ वर्षीय सुवास कुमार साहलाई पक्रेको हो। छन्।
शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट साढे २२ लाख नगद फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले उनीहरु सवार बीआर ०५ ए ई ९३४३ नम्बरको स्कुटर पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिए।
33
Shares
प्रतिक्रिया