ad ad

मधेस


सर्लाहीमा खाल्डोको पानीमा डुबेर दाजुभाइको मृत्यु

सर्लाहीमा खाल्डोको पानीमा डुबेर दाजुभाइको मृत्यु

नेपालखबर
असार २४, २०८० आइतबार ११:४, सर्लाही

सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स  र १० वर्षीय दिपु  रहेको  जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिए। 

शनिबार दिउँसो घरबाट निस्केका बालकद्वय राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गएराति  घरभन्दा तीन सय मिटर पर बाँके खोलामा खनिएको खाल्डोको पानीमा शव डुबिरहेको अवस्थामा फेला परेको हो। 

दुईमात्र सन्तान रहेका नागेन्द्रको दुवै छोराको मृत्यु भएपछि अहिले पूरै जिङ्गडवा गाउँ शोकमा डुबेको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .