ad ad

मधेस


भन्सार छलेर लुकाएको आठ सय किलो काजु बरामद

भन्सार छलेर लुकाएको आठ सय किलो काजु बरामद

नेपालखबर
भदौ २५, २०८० सोमबार २१:३०, रौतहट

भन्सार छली घरमा लुकाइ राखेका आठ सय किलो काजु सशस्त्र प्रहरीले बरामद गरेका छन्।

पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भ्यिाएर घरमा लुकाएको सूचनाको आधारमा सशस्त्र प्रहरीले आज छापामारी गरी काजु बरामद गरेको हो। 

भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले बरामद गरेको करिब सात लाख २० हजार बराबरको काजुलाई आवश्यक कारबाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .