ad ad

मधेस


महोत्तरीमा प्रहरीले डाँका आरोपित २ जनालाई गोली हानेर पुनः पक्रियो

महोत्तरीमा प्रहरीले डाँका आरोपित २ जनालाई गोली हानेर पुनः पक्रियो

उपचाररत घाइते २ आरोपित


नेपालखबर
कात्तिक २९, २०८० बुधबार ९:३७, काठमाडौँ

महोत्तरीमा प्रहरीले डाँका आरोपमा पक्राउ परेका २ जनालाई गोली प्रहार गरी पुनः नियन्त्रणमा लिएको छ।  

लुटपाट आरोप लागेका सर्लाहीको लालबन्दी नगरपालिका—२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान प्रहरीको नियन्त्रणबाट भाग्न खोजेको आरोपमा प्रहरीले गोली चलाएको हो।  

गएराति रौतहटको गरुडा पानी ट्‌यांकी भन्ने स्थानबाट पक्राउ गरी ल्याउने क्रममा महोत्तरीको सोनमामा आइपुग्दा भाग्न खोजेपछि उनीहरूलाई गोली हानेर पुनः पक्रन परेको प्रहरीको दाबी छ। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार महोत्तरीको सोनमा गाउँपालिका-५ मा राति १० बजे अर्को गाडीमा राख्न खोज्दा दुवै जना भाग्न खोजेका थिए। 

बायाँ तिघ्रामा गोली लागेका शक्ति र अजय हाल प्रादेशिक अस्पताल जलेश्वरमा उपचाररत छन्।

गत कात्तिक २० गते राति महोत्तरीको जलेश्वर नगरपालिका-८ , रतवारामा भुवनेश्वर चौधरीको घरमा उनीहरूसहितको समूहले डकैती गरेको आरोप छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .