भारतस्थित उत्तराखण्डको उत्तरकाशी जिल्लामा ४० जना मजदुर सुरुङमा फसेको ७२ घण्टाभन्दा बढी भइसकेको छ।
तर उनीहरूलाई त्यहाँबाट निकाल्न अनेक प्रयास गरिए पनि अहिलेसम्म सफल हुन सकेको छैन।
मंगलबार सुरुङमा भग्नावशेष खन्ने अजर मेसिन पठाएपछि उद्धार छिट्टै हुने अपेक्षा गरिएको छ। तर आज बुधबार बिहान मेसिनले राम्रोसँग ड्रिल गर्न नसकेको पाइएको छ।
यस्तो अवस्थामा त्यो मेसिनका लागि बनाइएको आधार हटाएर अहिले फेरि नयाँ आधार तयार पार्ने काम भइरहेको बीबीसी हिन्दीले जनाएको छ।
48
Shares
प्रतिक्रिया