प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुंगे पुलको उद्घाटन गरेका छन्।
सिरहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान झोलुंगे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गरेका हुन्।
रु २८ करोड ८५ लाखको लागतमा निर्मित पुलको भारवहन क्षमता पाँच सय ४० मेट्रिक टन छ। चार फिट चौडा पुलबाट सर्वसाधारण, चौपाया, साइकल र मोटरसाइकल सहजै वारपार गर्न सक्छन्।
यसैबीच, स्थानीय प्रशासनले पुलको दीर्घकालीन उपयोगका निम्ति भारवहन गर्ने सवारीसाधन टेम्पोलगायत साधन तीव्र गतिमा नचलाउन र साइकल, मोटरसाइकल पनि डोर्याएर नदी पार गराउन सम्बद्ध सबै प्रयोगकर्तामा अनुरोध गरेको छ। रासस
39
Shares
प्रतिक्रिया