प्रमुम प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई जनकपुर विमानस्थलमा कार्यकर्ताहरूले २ सय किलोको माला लगाइदिएका छन्।आइतबार काठमाडौंबाट जनकपुर उत्रिएका उनलाई विमानस्थलमा मधेस प्रदेशस्थित नेता कार्यकर्ताहरूले २ सय किलोको मालाले स्वागत गरेका हुन्।
धनुषामा जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापन समारोहमा सहभागी हुन उपाध्यक्ष पौडेल त्यहाँ पुगेका हुन्।
उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा आयोजकले अध्यक्ष केपी शर्मा ओलीलाई निम्ता दिएका थिए।
तर ओली व्यस्त भएर जनकपु गएनन्। त्यसपछि ओलीले आफ्नो साटो पौडेललाई जनकपुर पठाएका थिए। ओलीका लागि तयार पारिएको माला कार्यकर्ताहरूले पौडेललाई लगाएर स्वातग गरेका हुन्।
528
Shares
प्रतिक्रिया