ad ad

मधेस


जलवायु परिवर्तनसँग प्रदेश सरकार एक्लै लड्न सक्दैन : मुख्यमन्त्री सिंह

जलवायु परिवर्तनसँग प्रदेश सरकार एक्लै लड्न सक्दैन : मुख्यमन्त्री सिंह

नेपालखबर
असोज ८, २०८१ मंगलबार १६:१२, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको भन्दै तीन तहका सरकारले समन्वयकारी भूमिका निभाउनुपर्ने बताएका छन्।

मंगलबार महोत्तरीको बर्दिवासमा भएको समुदायमा निर्देशित जलवायु अनुकुलन राष्ट्रिय सम्मेलनमा बोल्दै उनले जलवायु परिवर्तनका असर न्युनीकरणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन जरुरी रहेको उल्लेख गरे।

‘ग्लोबल वार्मिङको चपेटा नेपालमा परिरहेको छ। अब हामीले के गर्न सकिन्छ? संघीयता आइसकेपछि संघीयताको वकालत गर्ने मान्छेहरूको संख्या एकातिर कम छ भने अर्कोतिर संघीयताको बिरोधमा कुरा गर्ने मान्छेहरु बढिरहेका छन्,’ उनले भने, ‘स्थानीय तहले प्रदेशलाई, प्रदेशले संघलाई गाली गर्ने र संघले स्थानीय तह र प्रदेशलाई गाली गर्ने कुराले मात्रै हुँदैन। समन्वयकारी भूमिका हुनुपर्छ।’

तीन तहका सरकार मिलेर काम गर्नसके मात्रै जलावयु परिवर्तनबाट नेपाललाई परेका असरहरूको न्युनीकरण गर्न सकिने बताए।

साथै, उनले प्रदेश र स्थानीय तहलाई बजेट कम दिइएको भन्दै असन्तुष्टि जनाए। काम धेरै गर्नुपर्ने तर बजेट सीमित हुने भएकाले संघ सरकारले बजेटको अनुपात बढाउनुपर्ने उनको भनाइ थियो। 

‘बजेटको अनुपात हामीलाई पुगेको छैन। संघ सरकारबाट बजेटको रिसोर्सेस बढाउनुपर्छ। स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश तहका मान्यहरूसँग पनि समन्वय गरेर आवश्यकताका आधारमा समन्वयकारी भूमिका निभाउनुपर्छ,’ उनले भने, ‘आवश्यकताअनुसारका बजेट पाउन सफल हुनुहुन्छ। समन्वय नभए आवश्यकताअनुसारको बजेट बन्दैन। समन्वयकारी भूमिकामा जानसके काम सहज हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .