माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ।
पहिलो दिन मधेसका ८ वटै जिल्लामा शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको हो। परीक्षा केन्द्रहरूमा परीक्षार्थी र गार्ड शिक्षकलाई समेत मोबाइल प्रतिबन्ध गरिएको थियो भने सुरक्षा व्यवस्था दुरुस्त बनाउनका लागि सुरक्षाकर्मीहरू केन्द्र बाहिर राखिएका थिए।
यसवर्ष मधेस प्रदेसबाट ८१ हजार ७ सय ६८ परीक्षार्थी एसईई परीक्षामा सहभागी भएका छन्।
धनुषाबाट १२ हजार २ सय १४ परीक्षार्थी, सिराहाबाट १० हजार ९सय २३, महोत्तरीबाट ९ हजार ४ सय ३१, सर्लाहीबाट १० हजार ८ सय ९६, रौतहटबाट ९ हजार ४ सय ६९, बाराबाट ९ हजार ४ सय ४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट ९ हजार ३सय २३ परीक्षार्थी सहभागी भएका छन्।
18
Shares
प्रतिक्रिया