ad ad

कारोबार


सामाजिक सञ्जालमा भाइरल हुँदै भारतीय महिलाको याे भिडियो

सामाजिक सञ्जालमा भाइरल हुँदै भारतीय महिलाको याे भिडियो

नेपालखबर
कात्तिक २, २०७७ आइतबार १२:३,

मानसी अग्रवाल नामकी एक भारतीयले सामाजिक सञ्जालमा पोष्ट गरेको ‘नेपाल घुम्नै नहुने ७ कारण’ अहिले भाइरल भएको छ।

उनले अंग्रेजी भाषामा नेपालको बारेमा भिडियो निर्माण गरी सामाजिक सञ्जालमा राखेकी छिन्।

उनले पाटन दरबार स्क्वायरलाई ब्याक ग्राउण्डमा राखी कस्ता मानिस नेपाल घुम्न नहुने भनी भिडियो निर्माण गरेकी छन्।

भारतीय मोटिभेसनल स्पिकर अग्रवालले शुक्रबार आफ्नो फेसबुक पेजमा नेपाल घुम्नै नहुने ७ कारणसहितको भिडियो अपलोड गरेकी थिइन्। सामान्यतया उनले पोष्ट गरेका भिडियो चार/पाँच हजार मात्रै भ्युज हुने गरेका छन्।

तर नेपाल घुम्नै नहुने ७ कारणसहित शीर्षक रहेको भिडियो भने आइतबारसम्म करिब साढे सात लाखले हेरिसकेका छन्।

आफ्नो पोस्टमा उनले आफू लामो समयदेखि नेपाललै बसेको र यहीँ काम गर्ने जानकारी उल्लेख गरेकी छन्।

‘मलाई थाहा छ मैले नेपाल घुम्न बोलाउँदा–बोलाउँदा वाक्क भइसकेका मेरा साथीहरू मेरो कुरा सुनेर छक्क पर्नुहुनेछ। म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरूसँग बाँड्दै छु’, अग्रवालले लेखेकी छन्। 

उनले पसिना नआउने ठाउँ मन नपर्ने मानिसका लागि नेपाल घुम्न ठीक नभएको बताएकी छन्। नेपालको मौसम अत्यधिक राम्रो भएको हुँदा जतिबेला पनि पसिना नआउने उनको भिडियो सन्देशमा छ।

त्यसैगरी उनले बिहान उठ्नेबित्तिकै छिमेकीको बाथरुम देख्ने बानी भएकालाई नेपाल घुम्न मन नपर्ने बताएकी छन्। किनकि नेपालमा बिहान उठ्नेबित्तिकै हिमालको हिउँसँगै सौर्य उदय हुन्छ। जसलाई प्रकृतिक सुन्दर मन पर्दैन नेपाल कहिल्यै नआउनु भन्ने उल्लेख गरेकी छन्।

उनले भिडियो सन्देशमा नेपालको विविध कला, संस्कृति भएकाले एउटै किसिमका मानिस हेर्ने चाहना राख्ने मानिस नेपाल नआउन आग्रह गरेकी छन्। नेपालको खाने कुरा जात जातिअनुसार फरक फरक हुँदा एउटै खाना मात्रै मन पर्नेका लागि नेपाल घुम्न उपयुक्त नभएको उल्लेख गरेकी छिन्।

उनले भिडियोका लागि बनाएको शीर्षक हेर्दा नकारात्मक लागे पनि भिडियोको सन्देश भने सकारात्मक रहेको छ। उनको भिडियो भाइरल हुनुको कारण नै नेपाल प्रचार गर्ने अनौठो तरिका हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .