ad ad

Nepal Khabar TV


बलम्बुमा धमाधम बन्दै छ ‘फ्लाइओभर’ (भिडिओ/तस्बिर)


सरोज नेपाल
असार ५ , काठमाडौँ

नागढु‌ंगा सुरुङमार्ग अन्तर्गत बलम्बुमा फ्लाइओभर धमाधम निर्माण भइरहेको छ।

बलम्बु मुख्य सडकबाट फ्लाई ओभरले सुरुङमार्ग जोड्छ।

यो फ्लाइओभरको लम्बाइ एक सय २८ मिटर र चौडाइ ७ मिटरको हुनेछ।

नागढुंगा सुरुङमार्गको लम्बाई २ किलोमिटर ६८८ मिटर लम्बाई रहेको छ।

जापानको सहुलियत ऋणमा सुरुङमार्ग निर्माण भइरहेको छ।

आयोजनामा सुरुङमार्ग बाहेक अन्डरपास ३ वटा, ४ वटा बक्स कल्भर्ट, १ ओभरपास, ३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन्। सुरुङ मार्ग बाहेक १२ वटा संरचना रहेकोमा फ्लाई ओभरमात्रै निर्माण बाँकी रहेको छ।

फ्लाई ओभरबाट करिब ३ किलोमिटर पहुँचमार्गपछि पूर्वपट्टी सुरुङमार्गमा प्रवेश गर्न सकिन्छ। ज्यालादेवी मन्दिरको छेउँ, त्रिवेणीघाट हुँदै सुरुङमार्ग प्रवेश गर्छन्।

असार ४, २०८१ मंगलबार २०:२८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .