ad ad

छापा खबर


दिल्लीको धूलो काठमाडौँ आउला?

दिल्लीको धूलो काठमाडौँ आउला?

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ०:४१,

प्रदूषणका कारण भारतको नयाँदिल्ली र आसपास क्षेत्रको आकाश दुई दिनदेखि धुम्मिएको छ।

विषाक्त वायु फैलिएको भन्दै भारत सरकारले विद्यालय बन्द गर्नुका साथै लाखौँको संख्यामा मास्क वितरण गरेको छ।

त्यही विषाक्त वायुको प्रभाव नेपालसम्मै पर्न सक्ने हल्ला चलिरहेका बेला नेपालका मौसमविद्ले भने अहिल्यै दिल्लीको असर यहाँसम्म नआउने बताएका छन्।

पश्चिम वायुको प्रभाव भारतको उत्तर पश्चिम भूभागको लिपुलेक हुँदै नेपालको पश्चिम भूभागतिर पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मीनकुमार अर्यालले बताएका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्।

तर, विषाक्त वायु फैलिएको भारतको नयाँदिल्ली नेपालबाट दक्षिण पश्चिममा पर्छ।

‘दक्षिण-पश्चिम दिशा भएर वायुको कुनै प्रभाव नेपाल भित्रिँदैन,’ अर्यालले भने, ‘मौसममा फेरवदल निम्त्याउने पश्चिमी वायु उत्तर-पश्चिमको उच्च पहाडी र हिमाली भेग हुँदै आउने हो। त्यसैले दिल्लीमा देखिएको प्रदूषण भित्रिने संकेत देखिन्न।’

शनिबारको तुलनामा आइतबार बिहानैदेखि नेपालको आकाश पनि धुम्मिएको छ। त्यसैले बदली भएको हो।

‘पश्चिमी वायुको सामान्य प्रभावले नेपालमा बदली भएको हो,’ अर्यालले भने, ‘सोमबारदेखि मौसममा सुधार आउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .