ad ad

छापा खबर


पूर्वसभामुख महराको बकपत्र मंसिर २९ गते

पूर्वसभामुख महराको बकपत्र मंसिर २९ गते

नेपालखबर
मंसिर २, २०७६ सोमबार १:३०,

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योग मुद्दाबारे काठमाडौं जिल्ला अदालतले यही मंसिर २९ मा बकपत्र तोकेको छ।

महरालाई पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागार पठाएको १५ दिन भइसकेको छ।

कानुनअनुसार गम्भीर प्रकृतिको मुद्दामा अदालतमा लगातार सुनुवाइ गर्नुपर्ने व्यवस्था छ। जबर्जस्ती करणी गम्भीर खालको मुद्दा भएकाले लगातार सुनुवाइ गर्नुपर्ने व्यवस्था गरिएको हो।

‘उपनिर्वाचनको कारणले मुद्दाको सुनुवाइ केही ढिला भएको छ,’ जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले भने, ‘मुद्दामा मंसिर २९ मा बकपत्र तोकिएको छ।’ यो खबर आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेकी छन्।

महराले सार्वजनिक पदको दुरुपयोग गर्दै महिलालाई जबर्जस्ती करण प्रयास गरेको भन्दै थप सजायसहित मागदाबी गरिएको छ। उनलाई संघीय संसद कार्यालयकै एक महिला कर्मचारीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोप लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .