भारतको पश्चिम बंगालमा गाई चोरेको आशंकामा दुई जनालाई कुटेर हत्या गरिएको छ।
कुचबिहार जिल्लास्थित पुटमारी फुलेश्वरी गाउँ पंचायतमा भएको घटनामा हत्या गरिएकामा ३२ वर्षिय प्रकास दास र ४० वर्षीय रबिउल इस्लाम रहेको बीबीसीले जनाएको छ।
प्रहरीले यो घटनामा संलग्न आरोपमा १४ जनालाई पक्राउ गरेको छ । स्थानीय प्रहरीका अनुसार माथाभांगाका दास र इस्लामले बिहीबार पिकअप भ्यानमा दुई वटा गाई लिएर गईरहेका थिए। स्थानीयले गाई लगिरहेको भन्दा बाटो अवरुद्ध गरि दुवैलाई कुटपिट गर्नुका साथै भ्यानमा आगो लगाएका थिए।
कुटपीटबाट गम्भिर घाईते दुर्वलाई प्रहरीले उद्धार गरि कुचबिहार मेडिकल कलेज पुर्याएका थिए। त्यहाा चिकित्सकले दुवैलाई मृत्त घोषित गरेको थियो । प्रहरीले घटनाको अनुशन्धान थालेको छ। एजेन्सीलाई उद्धृत गर्दै आजको कान्तिपुरले यो खबर छापेको छ।
घटनापछि माथाभांगा गाउाका सबै पुरुष फरार छन्।
प्रतिक्रिया