भाइरसका कारणले हुने संक्रामक ज्वरो डेंगुलाई लामखुट्टेले नै फैलाउने मान्यता छ। तर गत सेप्टेम्बरमा स्पेनका चिकित्सकले शारीरिक सम्बन्धले समेत डेंगु भाइरस सरेको पहिलोपटक पत्ता लगाएका छन्।
त्यहाँका स्वास्थ्य अधिकारीहरूले एक व्यक्तिद्वारा यौनका माध्यमले डेंगु फैलिएको पुष्टि गरेका हुन्।
हालमसम्म लामखुट्टेले नै डेंगु भाइरस फैलिने जानकारीमा थियो। यो घटना म्याड्रिकको हो। यो जानकारी आजको कान्तिपुरले छापेको छ।
त्यहाँका ४१ वर्षीया महिलाले पुरुष साथीसँग यौन सम्पर्क गरेपछि डेंगु भएको अधिकारीहरूले बताएका छन्। ती महिलाको पुरुष साथी क्युबाको यात्रा गर्दाताका लामखुट्टेको टोकाइले डेंगु भाइरसको संक्रमणमा परेका थिए।
प्रतिक्रिया