ad ad

छापा खबर


वीरको सय बेडको याे भवन प्रयोगमा ल्याउन स्वास्थ्यमन्त्रीको निर्देशन

वीरको सय बेडको याे भवन प्रयोगमा ल्याउन स्वास्थ्यमन्त्रीको निर्देशन

नेपालखबर
मंसिर २१, २०७६ शनिबार १:३०,

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले वीर अस्पतालको अलपत्र सय बेडको भवन सञ्चालनमा ल्याउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई निर्देशन दिएका छन्।

जापानले बनाइदिएको सय बेडको भवन वीरले प्रयोग नगरेको समाचार छापिएपछि मन्त्री ढकालले न्याम्सका पदाधिकारीलाई मन्त्रालयमै बोलाएर निर्देशन दिएका हुन्।

न्याम्स र मन्त्रालयका पदाधिकारीलाई मन्त्री ढकालले वीरको भवन सञ्चालन नहुनुको कारण सोधेका थिए। न्याम्सका पदाधिकारीले आर्थिकलगायत समस्यका कारण मेसिन किन्न नसकेको बताएका थिए।

छलफलपछि मन्त्रीले आवश्यक सहयोग मन्त्रालयले गर्ने वचन दिँदै भवन सञ्चालनमा ल्याउन निर्देशन दिएको खबर आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीले लेखका छन्। 

‘वीरको भवन अलपत्र परेको समाचार हेरेपछि तत्काल मन्त्रालय र न्याम्सका पदाधिकारी बोलाएर छलफल गरेँ। सञ्चालन किन ढिला भयो भनेर जिज्ञासा राखेँ, उहाँहरूको कुरा सुनेँ,’ मन्त्री ढकालले नयाँ भने, ‘अस्पताल चल्नुपर्छ, जनताले सेवा पाउनुपर्छ। मन्त्रालयबाट गर्नुपर्ने सहयोग गर्छौँ भनेको छु।’

न्याम्सका एक पदाधिकारीले पनि मन्त्रीले भवन सञ्चालनमा सहयोग गर्ने वचन दिएको बताए । ‘उहाँले भवन चलाउनु, मन्त्रालयले सहयोग गर्छ भन्नुभएको छ,’ ती पदाधिकारीले भने। म

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .