ad ad

छापा खबर


कोरोना भाइरस : चीनमा हात मिलाउन र घरबाहिर निस्कन प्रतिबन्ध

कोरोना भाइरस : चीनमा हात मिलाउन र घरबाहिर निस्कन प्रतिबन्ध

नेपालखबर
माघ १४, २०७६ मंगलबार ५:२८,

कोरोना भाइरसले महामारीको रूप लिएपछि चीन सरकारले पइचिङमा हात नमिलाउन भनेको छ। चीनमा बुहानलगायतका नागरिकलाई घरबाहिर निस्कन रोक लगाइएको छ।

चीनमा उक्त भाइरसबाट ८० जनाको मृत्यु भएको छ। यसैगरी २ हजार ७ सयभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। चिनियाँ स्वास्थ्यमन्त्री मा स्याओवेले यो भाइरसको असर १४ दिनसम्म रहने गरेको बताएका छन्।

यसैबीच विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरोस धानम ग्याब्रियेसस कोरोनाबारे छलफल गर्न चीन आइपुगेका छन्। उनले उक्त भाइरसबाट मुक्त पाउन चीनसँग सहकार्य गरिने जानकारी दिएका छन्। संक्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको सरकारले जनाएको छ। 

गत २४ घण्टायता ७६९ जना नागरिकमा यो भाइरसको संक्रमण देखिएको छ। त्यसैगरी ३ हजार ८०६ जनालाई पनि संक्रमणको आशंकामा निगरानीमा राखिएको छ।

संक्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती शहरमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ।

सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधन आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ। एजेन्सीलाई उधृत गर्दै यो खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ।

मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जंगली जनावर र पशु ओसारपसार तथा उपभोगमा कडाइ गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .