जापानले नेपालबाट पहिलो वर्ष ‘नर्सिङ केयर गिभर’ क्षेत्रमा दक्ष कामदार लैजाने भएको छ।
यसका लागि उसले आउँदो अक्टोबरमा काठमाडौंमा सीप र भाषाको परीक्षण गर्ने भएको छ।
जापानले नेपालबाट १४ वटा क्षेत्रमा दक्ष–अदक्ष कामदार लैजाने सहमति गरे पनि पहिलो वर्ष नर्सिङ केयर गिभरको क्षेत्र छनोट गरेको हो। यो खबर आज (असार १५) को हिमाल साप्ताहिकले छापेको छ।
पाँच वर्षभित्र नर्सिङ क्षेत्रमा ६० हजार विदेशी कामदार लैजाने जापान सरकारको योजना छ। त्यसमध्ये नेपालबाट कति कामदार लैजाने भनेर खुलाइएको छैन।
3
Shares
प्रतिक्रिया